Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

गौशाला – महोत्तरीको जलेश्वर नगरपालिकाले आगामी आव २०७४÷०७५ का लागि रु २३ करोड ४३ लाख २१ हजार ५०० को बजेट प्रस्तुत गर्दै शुक्रबार आफ्नो २१ नगरपरिषद् सम्पन्न गरेको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत भानुभक्त बरालले चालु खर्चतर्फ रु आठ करोड नौ लाख २५ हजार र पुँजीगत खर्चतर्फ रु १५ करोड ३३ लाख ९६ हजार पाँच सयको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजेटभित्र नगरपालिका कार्यालयका विकास बजेटसहित विभिन्न दातृ निकायको बजेट पनि समावेश रहेको बताउनुभयो ।

बजेटमा आव २०७४÷०७५ मा जलेश्वर नगरक्षेत्रमा पर्यटन प्रवद्र्धन गरिने, जलेश्वरनाथ प्रवेशद्वार, वाइपास तथा चक्रपथ निर्माण, शौचालय, ढल, वृक्षरोपण र जलेश्वर महोत्सव गराउने कार्यक्रम छन् ।

बैतडी – आगामी आवका लागि रु १३ करोड ४० लाख १६ हजारको बजेट विनियोजन गर्दै दशरथचन्द नगरपालिकाको लोकतान्त्रिक गणतन्त्रपछि १० औँ नगरपरिषद् शुक्रबार सम्पन्न भएको छ ।

परिषद्ले चालुतर्फ रु ७५ लाख ८५ हजार, सामाजिक सुरक्षातर्फ रु पाँच करोड, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ रु ४५ लाख, युनिसेफ कार्यक्रमतर्फ रु २० लाख, स्वास्थ्य कर्मचारीतर्फ रु छ लाख २० हजार, भवन निर्माणतर्फ रु ७५ लाख, सौर्य बत्तीतर्फ रु ४० लाख, नगर सरसफाइतर्फ रु १५ लाख ५० हजार र पुँजीगततर्फ रु पाँच करोड ६२ लाख ६१ को बजेट प्रस्ताव गरेको छ ।

कार्यकारी अधिकृत अर्जुन शर्माले नगरपालिकालाई हरित र बालमैत्री नगर बनाइने, विपद् जोखिम व्यवस्थापन योजना बनाई कार्यान्वयनमा ल्याउने लगायतका नीति समावेश गरिएको जानकारी दिनुभयो । सो अवसरमा सांसद नरबहादुर चन्दले नगरपालिकाले लिएका नीति कार्यान्वयनमा सबैले लाग्नुपर्ने बताउनुभयो ।

यसैबीच सिद्धेश्वर गाउँपरिषद्ले आगामी आवका लागि रु एक करोड २० लाख ३५ हजार नौ सय ९९

तपाईको प्रतिक्रिया