Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – उपत्यकाबाट चन्द्रागिरी केबुलकार चढ्न जाने यात्रुका लागि निःशुल्क बस सेवा सुरु गरिएको छ । चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरी केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि अशोक लेलेण्डको ४२ सिट क्षमता भएको निःशुल्क बस सेवाको व्यवस्था गरेको हो ।

हरेक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरको भाटभटेनी सुपर मार्केटबाट बस छुट्नेछन् । महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँ बषपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलंकी हुँदै चन्द्रागिरी केबलकार पुग्नेछ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी हुँदै चन्द्रागिरी केबलकार पुग्ने छ ।

लिमिटेडका अध्यक्ष चन्द्र्रपसाद ढकालले थानकोटस्थित चन्द्रागिरी हिल्स लिमिटेडको परिसरमा निःशुल्क बस सेवाको शुभारम्भ गर्नुभयो । काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरी डाँडा धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ । समुद्री सतहबाट झण्डै १,५०० मिटरको उचाईंमा रहेको चन्द्रागिरी फेदीबाट केबलकार चढेर २,५५१ मिटरको उचाईंमा अवस्थित ‘भालेश्वर महादेव’ को दर्शन गर्न सकिन्छ ।

केबलकार संचालनमा आएदेखि अहिलेसम्म २ लाख २५ हजार जनाले केबरकारको यात्रा गरेर भालेश्वर माहादेवको दर्शन गरिसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया