Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

काठमाडौं – तीन दिन स्थिर रहेको सुनको भाउ बुधबार तोलामा चार सय रुपैयाँले बढेको छ । सुन बुधबार तोलाको ५२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हप्ताको पहिलो दिन आइतबार तोलाको दुई सय रुपैयाँले बढेर ५२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउमा मंगलबारसम्म कुनै घटबढ भएन ।

तीन दिनदेखि नै स्थिर रहेको चाँदीको भाउ पनि बुधबार तोलामा १० रुपैयाँ बढेर ७ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

तपाईको प्रतिक्रिया