Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल १२ वर्षपछि रुकुमको चुनबाङ पुगे । रुकुमको चुनवाङदेखि म्याग्दीको बेनीसम्म जोडिने गुरिल्ला ट्रेल एवम् जनयुद्धको ऐतिहसिकता झल्कने युद्ध संग्रहालयको उद्घाटन गर्न दाहाल चुनबाङ गएका हुन् । 

शनिबार रुकुमको चुनवाङमा आयोजित कार्यक्रममा दाहालले गुरिल्ला ट्रेलको उद्घाटन गरेका हुन् । जनवादी गणतन्त्र स्थापनाको कार्यनीतिलाई बदलेर संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरेर चर्चा बटुलेको रुकुमको चुनवाङ बैठकको स्मरणमा गुरिल्ला ट्रेल र युद्ध संग्रहालय स्थापना भएको हो ।

चुनवाङ पुगेर प्रधानमन्त्री भावुक समेत भएका छन् । भर्खरै जस्तो लाग्छ, १२ वर्ष बितिसकेछ । यही घरमा केन्द्रीय समितिको पूर्ण बैठक बसेको थियो,’ प्रधानमन्त्री दाहालले भने । चुनवाङ बैठकका नामले परिचित त्यो बैठक माओवादी पार्टीको र देशमै उथलपुथल ल्याउने बैठक बनेको थियो ।

तपाईको प्रतिक्रिया