Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – अर्को सातादेखि भारतबाट ४० र त्यसपछि अर्को ४० मेगावाट गरी थप ८० मेगावाट विजुली आउने निश्चित भएपछि यसपालि हिउँदमा पनि लोडसेडिङ नहुने सम्भावना देखिएको छ । 

पुस महिनाभर लोडसेडिङ गर्नु नपर्नेमा बिद्युत् प्राधिकरण ढुक्क छ भने त्यसपछिका दिनमा सकेसम्म लोडसेडिङ नहुने गरी व्यवस्थापन गर्न लागिएको छ । भारतले पुस १७ देखि नेपाललाई ढल्केबर – मुजफ्फुर अन्तरदेशीय सिमापार प्रशारण लाईन थप ४० मेगावाट बिजुली दिने सम्झौता गरेपछि हिउँद यामको बिद्युत् आपूर्ति व्यवस्थापनमा सहज हुने प्राधिकरणको बिद्युत व्यापार विभागका प्रमुख प्रबल अधिकारीले बताए ।

हाल उक्त प्रशारण लाइनबाट ८० मेगावाट बिजुली आयात भइरहेको छ । नयाँदिल्लीमा भारतीय कम्पनी एनभीभीएन (एनटीपीसी बिद्युत् व्यपार निगम) र बिद्युत् प्राधिकरणका पदाधिकारीबीच बिहीबार बिद्युत खरिद सम्झौता भएपछि नेपालले ४० मेगावाट थप बिजुली पाउने भएको हो ।

तपाईको प्रतिक्रिया