Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – हिउँदको लोडसेडिङ कम गर्न ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत १७ पुसबाट एक सय २० मेगावाट बिजुली आउने भएको छ । त्यहाँबाट अहिले ८० मेगावाट आयात भइरहेको छ ।

नेपालतर्फको प्रसारण लाइनको पूर्वाधार तयार नभइसकेकाले १७ पुसदेखि १८ माघसम्म अहिले आयात भइरहेको ८० र थप ४० मेगावाट आयात हुने प्राधिकरणले जनाएको छ । ‘त्यस अवधिमा खिम्ती–ढल्केबर प्रसारण लाइनको निर्माण सकिन्छ, त्यसपछि १७ जेठसम्ममा हाम्रो संरचनागत क्षमताले भ्याएअनुसार एक सय ६० मेगावाटसम्म बिजुली आयात हुनेछ,’ प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने । 

नयाँदिल्लीमा १६० मेगावाटको पिपिएमा हस्ताक्षर

नेपाल विद्युत् प्राधिकरण र भारतीय एनटिपिसी विद्युत् व्यापार निगमबीच अहिले आइरहेको ८० मेगावाटको नविकरण र थप ८० सहित १ एक सय ६० मेगावाटको पूरक विदुत खरिद–बिक्री सम्झौता (पिपिए) मा हस्ताक्षर भएको छ ।

पिपिएमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले बिहीबार हस्ताक्षर गरेका छन् । पिपिएअनुसार प्राधिकरणले १७ जेठसम्म बिजुली ल्याउनेछ । अहिले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको ८० मेगावाटको पिपिएको म्याद १६ पुसमा सकिँदै छ । नेपाल र भारतका सीमाका विभिन्न बिन्दुबाट अहिले बिजुलीको बढी माग हुने साँझको करिब तीन घन्टामा दैनिक तीन सय मेगावाटभन्दा बढी आयात भइरहेको छ ।

विगतको लापरबाहीका कारण ढल्केबरमा सबस्टेसन तोकिएको समयमा बन्न नसकेपछि ढल्केबर–वैकल्पिक व्यवस्था गरी थप बिजुली ल्याउन लागिएको हो । गत मंसिरमा प्राधिकरण र भारतका विभिन्न ऊर्जा कम्पनीहरूबीच यस्तो सम्झौता भएको थियो ।

थप बिजुली ल्याउन भारतीय कम्पनी पावर ग्रिडले मुजफ्फरपुर बिन्दुमा २२०–१३२ केभिएको थप ट्रान्सफर्मर राखिदिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया