Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौ – धितोपत्र बजारमा यस साता तीन अर्ब २८ करोड ७६ लाख ६२ हजार बराबरका ४२ लाख ९८ हजार दुई सय कत्ता सेयरहरु खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्स चेन्जकाअनुसार कुल १ सय ५४ कम्पनीको सेयर कारोबार भएको हो ।

गत साता १५२ कम्पनीको रु पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार बराबरका ७४ लाख ६१ हजार तीन सय १० कित्ता सेयर खरि दबिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २६ दशमलव २७ अङ्कले घटेर अन्तिम दिन एक हजार ५४४ दशमलव ६८ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५ दशमलव ३७ अङ्कले घटेर ३३४ दशमलव ४३ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु ३५ करोड ४४ लाख ७० हजार बराबरको कारोबार भएको थियो । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको तीन लाख १४ हजार कित्ता सेयर खरिदबिक्री भएको स्टकले जनाएको छ ।

तपाईको प्रतिक्रिया