Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

रसुवा – बालमैत्री देश निर्माणको अभियान लिएर अघि बढेका हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को फिल्म ‘ज्योति’ हेर्न जनसागर उर्लिएको छ ।

हिमाली जिल्ला रसुवामा समेत बालमैत्री फिल्म ‘ज्योति’ हेर्न आम नागरिकको ओइरो लागेको हो । रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे हुँदै फिल्म देखाउन रसुवा पुगेका धुर्मुस सुन्तलीलाई जाडोको पर्वाह नगरी साँझको समयमा समेत १० हजारभन्दा बढी दर्शकको साथ मिलेको छ । उनीहरुले रसुवाको धुन्चे र कालिकास्थानमा बालमैत्री फिल्म ‘ज्योति’ प्रर्दशन गरेका छन् । img_0434

चिसो मौसमका बाबजुद पनि बालमैत्री फिल्म हेर्ने दर्शकको उल्लेख्य उपस्थिति र फिल्म हेरीसकेपछिको प्रतिक्रिया एवं प्रतिबद्धताले आफुहरुमा नयाँ जोस प्राप्त भएको सिताराम कट्टेलले बताए । नयाँ पुस्ताको सोचलाई सकारात्मक बनाउन सकेमा देशको भविष्य उज्वल हुने कुञ्जना घिमिरेको भनाई छ । बालमैत्री स्थानीय शासनका ३९ सूचक समावेश गरेर बनाइएको फिल्म ज्योतिले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा धेरै सहयोगी बन्ने अपेक्षा लिइएको छ ।

पुनर्निर्माणको कामबाट समेत प्रशंसा बटुलेका उनीहरुले देश बनाउनका लागि बालमैत्री स्थानीय शासन अपरिहार्य रहेको बताएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समन्वयमा अभियान सुरु गरेका उनीहरुलाई युनिसेफ नेपालको सहयोग मिलेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया