Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं  – हप्ताको पहिलो दिनदेखि नै ओरालो लागेको सुनको भाउ बुधबार पनि घटेको छ । सुन बुधबार चार सय रुपैयाँले घटेर तोलाको ५३ हजार ३ सय रुपैयाँमा झरेको छ ।

यसअघि गएको माघ महिनामा सुन तोलाको ५३ हजार रुपैयाँको हाराहारीमा थियो । डलर र शेयर बजार मजबुत भएको तथा अमेरिकामा रोजगारी पनि बढेकाले सुनको भाउ ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

डलर र शेयर बजार मजबुत हुँदा सुनमा लगानी घट्ने भएकाले भाउ घटेको हो । अहिलेको अवस्था हेर्दा सुनको भाउ अझै घट्ने महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यको अनुमान छ । चाँदीको भाउ पनि ५ रुपैयाँले घटेर तोलाको ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया