Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।

निगमका प्रवक्ता भानु खनालका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । निगमले हवाई इन्धनको मूल्य समायोजन गरी आन्तरिक उडानका लागि प्रतिलिटर रु ९४ बाट रु ८६ बनाएको छ ।

यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिहजार लिटर ८३१ अमेरिकन डलरबाट घटाएर ७५० अमेरिकी डलर बनाएको प्रवक्ता खनालले बताउनुभयो ।

पेट्रोल, डिजल र मटितेलको समेत मूल्य घटाउने भनिए पनि निगमले त्यसमा भने कुनै निर्णय गरेन ।

तपाईको प्रतिक्रिया