काठमाडौं – सुनको भाउ सोमबार तोलामा दुई सय रुपैयाँले बढेको छ । सुन सोमबार तोलाको ५४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर ५४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै चाँदीको भाउ पनि सोमबार तोलामा १० रुपैयाँले बढेर ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।