Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं  – सुनको भाउ बिहीबार एकै दिन तोलामा १४ सय रुपैयाँले घटेको छ । तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको व्यवसायीले बताएका छन् ।

बुधबार भने अघिल्लो दिनको तुलनामा १३ सय रुपैयाँले बढेर सुन तोलाको ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अमेरिकामा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि सुनचाँदीको भाउ बढ्ने अनुमान गरिएको थियो ।

तर ट्रम्पले उदार अर्थ नीति अपनाउने विश्लेषण आइरहेकाले सुनचाँदीको भाउ घटेको हुनसक्ने नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर ८ सय ४५ रुपैयाँ किनबेच भइरहेको छ ।

तपाईको प्रतिक्रिया