Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – उपप्रधानमन्त्री कृष्णबहादुर महराले बजेट कार्यान्वयनका प्रगतिबारे विभिन्न मन्त्रालयका सचिवसहित सम्बद्ध विभागीय प्रमुखसँग आज छलफल प्रारम्भ गर्नुभएको छ । mahara

विकास खर्चको समयावधि तोकेर उक्त सम्बन्धमा यथार्थ जानकारी लिने क्रममा अर्थमन्त्री महराले ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायसहित विभाग तथा आयोजना प्रमुखसँग जानकारी लिनुभएको हो । चालु आवको पहिलो चौमासिक सकिनै लाग्दा कुल बजेटको १३.८१ प्रतिशत मात्रै खर्च भएकामा अर्थमन्त्रीले अब दोस्रो चौमासिकमा विकास आयोजनाको ठेक्का सकेर काममा लाग्न निर्देशन दिनुभयो । बजेट खर्च नहुने र खर्च भए पनि आवको अन्त्य हुने समयमा मात्र त्यसले प्राथमिकता पाउने परम्परालाई तोड्नुपर्नेमा उहाँको जोड रहेको अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार पुण्यप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

प्रथम चौमासिक सकिन एक साता बाँकी रहँदा ऊर्जा मन्त्रालयलाई छुट्याइएको कुल विकास खर्चको १.३५ प्रतिशत मात्रै खर्च भएको बताइएको छ । छलफलका क्रममा अर्थमन्त्री महराले ऊर्जा मन्त्रालयका पदाधिकारीसँग भन्नुभयो, ’एक करोड बजेट छुट्याएकामा रु एक लाख पनि खर्च नहुने अवस्था आउनु विडम्बना हो । ’उहाँले विद्युत् उत्पादन, वितरण र प्रसारण लाइन निर्माणमा विशेष जोड दिन निर्देशन दिनुभएको सल्लाहकार रेग्मीले बताउनुभयो ।

छलफलका क्रममा ऊर्जा सचिव उपाध्यायले विकास खर्चको प्रगति राम्रो भए पनि प्रक्रियागत रुपमा ढिलाइका कारण प्रगति स्पष्ट नदेखिको र केही आयोजना स्वीकृत हुन बाँकी रहेको जानकारी गराउनुभएको थियो  ।

तपाईको प्रतिक्रिया