Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं  – शेयरबजार परिसुचक नेप्से सोमबार १३ अंकभन्दा बढीले घटेको छ । तिहार र छठपर्वका कारण लामो समयपछि खुलेको बजार सोमबार १३ दशमलव ९ अंकले घटेर १७ सय ४९ दशमलव १२ विन्दुमा झरेको हो ।

वित्त र होटल्सबाहेकका सवै समूह ओरालो लागेको दिन सोमबार सबैभन्दा धेरै बीमा ४९ दशमलव २३ विन्दुले घट्यो । यस्तै, उत्पादन ३२ र बैकिंङ समूह १३ अंकले घटेको दिन होटल्स झण्डै ११ र उत्पादन समूह १ अंकले उकालो लागेका हुन् ।

सोमबार सबैभन्दा धेरै सिभिल बैंकको शेयर किनबेच भएको छ । केही समयपछि कारोबार खुलेको सिभिलमा लगानीकर्ताको आकर्षण देखिएको हो । सोमबार सिभिल बैंकको शेयर ५ करोड २५ लाखभन्दा बढीको करोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।

सोमबार लक्ष्मी लघुवित्त, एनएमवी माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । लक्ष्मी लघुवित्तको शेयर मूल्य १० प्रतिशत र एनएमवी माइक्रोफाइनान्सको शेयर मूल्य ९ दशमलव ९५ प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया