Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – गत साता ९ अकंले घटेको नेप्से यस साताको अन्तिम दिन २३ अकंले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २२ दशमलव ६८ अङकले घटेर अन्तिम दिन एक हजार ७५९ दशमलव ७१ अकंमा पुगेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १५१ कम्पनीका २३ हजार ६२६ कारोबारबाट रु चार अर्ब १२ करोड ४० लाख १३ हजार बराबरका ४९ लाख ३३ हजार ५७० कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३७ दशमलव शुन्य ५ प्रतिशत बढी हो ।

गत साता १४९ कम्पनी १७ हजार १७८ कारोबारबाट रु तीन अर्ब एक करोड २८ लाख ५३ हजार बराबरका ३८ लाख ८८ हजार दुई सय कित्ता सेयर खरिद बिक्री भएका छन् ।

तपाईको प्रतिक्रिया