Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – नयाँ हेलिकप्टर कम्पनी अल्टिच्युड एयरले उडान सुरु गर्ने भएको छ । कम्पनीले एयरबस कम्पनीले निर्माण गरेको एस–३५० बी ३ ई नामको ६ सिटे हेलिकप्टर नेपाल ल्याएको हो ।

एक बर्षभित्र चारवटा हेलिकप्टरमार्फत सेवा दिने तयारीका साथ स्थापना भएको अल्टिच्युड आठौं कम्पनी हो । दुई साताअघि नै एक हेलिकप्टर खरिद गरेर नेपालमा भित्राइसकेको छ । कम्पनी यतिबेला नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्रमाणपत्र (एओसी) लिने प्रक्रियामा जुटेको सञ्चालक फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । अर्को हेलिकप्टर फागुनमा र त्यसको ६ महिनाभित्र थप दुई हेलिकप्टर ल्याएर सेवा दिने आफूहरुको तयारी रहेको उहाँले जनाउनुभयो ।

कम्पनीले १ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको छ । हाल परीक्षण उडान सम्पन्न गरिसकेको कम्पनीले केही दिनभित्रै व्यावसायिक उडान गर्ने तयारी गरेको छ । ६ यात्रु र एकजना पाइलट बस्न मिल्ने सिट रहेको यो हेलिकप्टर २६ करोड रुपैयाँमा खरिद गरिएको कम्पनीले जनाएको छ । सिंगल इन्जिन रहेको हेलिकप्टरले उच्च क्षमता दिने कम्पनीको भनाइ छ ।

यही मोडलको हेलिकप्टरले २००५ मे १४ मा सगरमाथामा ल्यान्ड गरेर विश्व रेकर्ड राखेको थियो ।

तपाईको प्रतिक्रिया