शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

बनारस –  भारतको बनारसमा एक सय २० वर्षका एक बाबा छन्, जो अहिले पनि तन्दुरुस्त छन् । ‘नो डिजायर, नो सेक्स, नो स्पाइसी फुड’ सिद्धान्तमा जीवन चलाउँदै आएका बाबा शिवानन्द अहिले पनि युवा जस्तै ‘फिट’ छन् ।

gg

बाबा शिवानन्द हरेक दिन बिहान तीन बजे उठ्छन् । नुहाएपछि ध्यान र एक घण्टा योग गर्छन् । उनको खाना पनि सादा हुन्छ । उनले उसिनेको आलु, दालभात, करेलाको तरकारी वा नीमको सुकेको पात खान्छन् । उनले पिरो तथा तेल हालिएको खाना खाँदैनन् ।

शिवानन्दले दूध तथा फलफूल पनि खाँदैनन् । देशमा अहिले पनि यस्ता धेरै नागरिक छन्, जसले दूध वा फलफूल खान सक्दैनन्, यसैले आफूले पनि दूध र फलफूल नखाएको उनको भनाई छ ।

उनले सेक्स माथि पनि प्रतिबन्ध गरेका छन् । उनी अविवाहित हुन् । डिजायर (इच्छा) नभए डिजिज, डिप्रेशन र हारपरटेन्सन पनि नहुने उनको भनाई छ ।

आफूले ६ वर्षको उमेरदेखि नै यो नियम पालना गर्दै आएको उनको भनाई छ । उनको जन्म सन् १८९६ को अगस्ट ८ मा भएको हो । उनको जन्मस्थान अहिले बंगलादेशमा पर्छ ।

तपाईको प्रतिक्रिया