आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

एजेन्सी– दक्षिण सुडानको गृहयुद्धबाट भागेका मानिसको संख्या १० लाख नाघेको छ । सन् २०१३ को डिसेम्बरदेखि गएको जुलाईसम्ममा दक्षिण सुडानको गृहयुद्धबाट भागेका मानिसको संख्या १० लाख नाघेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

राष्ट्र संघीय शरणार्थी निकाय युएनएचसीआरका प्रवक्ता लिओ डोब्सले विज्ञप्ती निकालेर गएको जुलाईमा राजधानी जुबामा ठूलो झडप भएपछि देश छाडेर भाग्नेको संख्या ह्वात्तै बढेको बताउनुभयो ।

जुलाई यतामात्र कम्तीमा एक लाख ८५ हजार मानिसले देश छाडेर भागेका विज्ञप्तीमा उल्लेख छ । देश छाडेर भागेका १० लाख भएपनि आन्तरिक रुपमा विस्थापित हुनेको संख्या धेरै छ ।

अहिलेसम्म आन्तरिक रुपमा विस्थापित हुनेको संख्या १६ लाख पुगेको बिबिसीले जनाएको छ । राष्ट्रपति साल्भा किइर र पूर्व उपराष्ट्रपति रिएक मचारबिचको मतभेदका कारण उत्पन्न परिस्थितीले गृहयुद्धको रुप लिएको हो ।

तपाईको प्रतिक्रिया