आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

भारत – भारत प्रशासित जम्मु–काश्मिरमा सुरक्षाकर्मी र बिद्रोहीबिच भएको भिडन्तमा सात जना बिद्रोहीको ज्यान गएको छ ।काश्मिरको पुंछमा साढे पाँच घण्टासम्म चलेको भिडन्तको क्रममा चार जना बिद्रोही मारिएको भारतीय अधिकारीले बताएका छन् ।

kasmir

सेनाको क्याम्प नजिक रहेको जिल्ला प्रशासन कार्यालयको एक भवनमा बिद्रोही घुसेका थिए । जहाँ त्यसअघि नै अर्धसैनिक बल र बिद्रोहीबिच गोली हानाहान भइरहेको थियो ।

भवनमा बिद्रोही घुसेपछि सेनाले कारबाही सुरु गरेको थियो । भिडन्तको क्रममा एक प्रहरी जवानको पनि ज्यान गएको छ । अर्का एक प्रहरी घाइते भएका छन् ।

यस्तै काश्मिरको कुपवाडा जिल्लामा भएको घटनामा तीन जना बिद्रोहीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आफ्नो नियन्त्रण रेखा नजिक घुसपैठ गर्न खोज्ने क्रममा बिद्रोही मारिएको सेनाले जनाएको छ ।

काश्मिरमा पछिल्लो ६५ दिनमा ७८ जनाको ज्यान गएको छ । यस्तै १० हजार नागरिक घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया