Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार राती भएका छनौट चरणका खेलमा जर्मनी, इङल्याण्ड र डेनमार्क विजयी भएका छन् । FBL-WC-2018-NOR-GER

युरोपेली छनौटको समूह सी को खेलमा जर्मनीले नर्वेलाई ३–० ले हरायो । विश्व च्याम्पियन जर्मनीको लागि थोमस मुलरले दुई तथा जोसुवा किमिचले एक गोल गरे । सोही समूहको अर्को खेलमा चेक गणतन्त्र र नदर्न आयरल्याण्डले गोलरहित बराबरी खेले भने अजरबैजानले सान मारिनोलाई १–० ले हरायो ।

समूह एफको खेलमा इंग्लण्डले स्लोभाकियालाई १–० ले हरायो । इङल्याण्डलाई विजयी गराउन एडम लालानाले ९० औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । यही समूहको अर्को खेलमा स्कटल्याण्डले माल्टालाई ५–१ ले हरायो भने लिथुआनिया र स्लोभेनियाले २–२ गोलको बराबरी खेले ।

यसै गरी विश्वकप छनौट अन्तर्गत युरोपेली समूह ई को खेलमा डेनमार्कले अर्मेनियालाई १–० ले हराँउदा  रोमानिया र मोन्टेनेग्रोले १–१ गोलको बराबरी खेले ।

तपाईको प्रतिक्रिया