टोकियो – आइतबार जापान सम्पन्न ‘सेभेन सामुराइ मोना सिजुओका कप’ फुट्सलको उपाधि MERCURY FC TOKYO ले जितेको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति सिजुओकाले फुट्सल प्रतियोगिताको आयोजना गरेको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रतियोगितामा आयोजक टिम MONA SHIZUOKA (A) रनर-अप भएको छ । उपाधि विजेता टोली ५ लाख १ हजार येनसहित प्रमाणपत्र पाएको छ भने रनर-अप टोलीले २ लाख १ हजार येनसहित प्रमाणपत्र हासिल गरेको मोना जापान क्षेत्रीय समिति सिजुओकाका संयोजक तुल चोचाङ्गीले जानकारी दिए ।
नयाँ वर्षको शुभकामना आदानप्रदान सहित मोना फुटसल प्रतियोगिता मार्फत जापानमा रहेका फुटबलप्रेमी खेलाडीहरूलाई मनोरञ्जन दिलाउनुका साथै नेपालीहरुबीच पारस्परिक भाइचाराको विकास गरी यस क्षेत्रमा रहेको प्रचुर सम्भावना र क्षमता बोकेका खेलाडीहरूको प्रतिभालाई मोना फुटसलको माध्यमबाट उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
प्रकाशित मिति: सोमबार, पौष २९, २०८१
प्रकाशित समय: १२:०५:५१