Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

काठमाडौं – बार्सिलोनाले कीर्तिमानी १५ औं पल्ट स्पेनी सुपरकपको उपाधि जितेको छ । आइतबार रियल म्याड्रिडविरुद्ध एक गोलले पछाडि रहेको स्थिति उल्टाएर बार्सिलोनाले उपाधि जितेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

साउदी अरेबियाको जेद्दामा भएको खेलमा प्राप्त जितसँगै बार्सिलोनाले प्रशिक्षक हान्सी फ्लिक आएयता पहिलो उपाधि जितेको छ । बार्सिलोनाले रियल म्याड्रिडलाई ५-२ ले पराजित गर्‍यो ।

रियलले केयलिन एमबापेको गोलले अग्रता लिएको थियो । त्यसपछि लामिन यामलले बार्सिलोनाको लागि बराबरी गोल फर्काए । त्यसपछि रोबर्ट लेवनडोस्कीले पेनाल्टीबाट एक, राफिन्हाले दुई तथा एलेजान्ड्रो ब्लाडले एक गोल गरे । रोड्रिगोले रियलका लागि एक गोल फर्काए पनि त्यसले बार्सिलोनामाथि थप दबाब सिर्जना गर्न सकेन ।

यो सिजनको एल क्लासिकोकोमा बार्सिलोनाको यो दोस्रो जित हो । यसअघि बार्सिलोनाले रियललाई ला लिगाको खेलमा बर्नाबाउमा ४-० ले हराएको थियो । लिगमा खराव लयमा रहे पनि बार्सिलोनाले सुपरकपको उपाधि जितेको हो ।

तपाईको प्रतिक्रिया