Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – महिला राष्ट्रिय भलिबलको उपाधि न्यू डायमन्ड एकेडेमीले हात पारेको छ । आइतबार कास्कीको लामाचौरमा सम्पन्न फाइनलमा न्यू डायमन्डले विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३०–२८, २५–१५ र २५–२० को सोझो सेटमा हराउँदै उपाधि चुमेको हो ।1473000036champ

डायमन्डका लागि प्रतिभा मालीले २५ र कप्तान ललिता नाथले आठ अङ्क जोडे । मुख्य स्पाइकर सरस्वती चौधरीबिना मैदानमा उत्रेको एपिएफका लागि रेश्मा भण्डारी र नेविका चौधरीले समान १२ अङ्क र उषा विष्टले पाँच अङ्क जोडेपनि उपाधि जित्न भने सकेनन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी प्रतिभा माली(डायमन्ड), उत्कृष्ट क्विकर ललिता नाथ (डायमन्ड), उत्कृष्ट सेटर कृपा अधिकारी (डायमन्ड), उत्कृष्ट डिफेन्स सलिना श्रेष्ठ (डायमन्ड), उत्कृष्ट स्पाइकर रेश्मा भण्डारी (एपिएफ) र उत्कष्ट ब्लकर मनिषा खाँड (त्रिभुवन आर्मी क्लब) चनिए ।

न्यू डायमन्डका कुमार राईले प्रतियोगिताकै उत्कृष्ट प्रशिक्षकको उपाधि जिते । पश्चिमाञ्चलका अरुणा शाही उत्कृष्ट सर्भरबाट सम्मानित भए । पश्चिमाञ्चल टिम त्रिभुवन आर्मी क्लबलाई २५–१६, २५–१२ र २५–१५ को सोझो सेटमा पराजित गर्दै तेस्रो भयो । प्रतियोगिताको विजेता न्यू डायमन्डले रु ७५ हजार, उपविजेता एपिएफले रु ५० हजार तथा तेस्रो स्थान प्राप्त गरेको पश्चिमाञ्चलले रु २० हजार पुरस्कार हात पार्यो ।

नवआदर्श सामुदायिक विकास समाजले हरितालिका तीजको अवसरमा आयोजना गरेको सो भलिबल प्रतियोगितामा विभागीय टोली एपिएफ र त्रिभुवन आर्मी क्लब तथा न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल टिमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया