Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ –क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ७ विकेटले पराजित भएको छ ।

शनिवार एम्सटर्भिन मैदानमा भएको खेलमा ९४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले १६.५ ओभरमा २ विकेट गुमाएर जित हात पार्‍यो । पहिले ब्याटिङ गरेको नेपालले राम्रो सुरुवात गर्न सकेन । २३ रन जोड्दा पहिलो विकेटका रूपमा उपकप्तान ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भएका थिए । त्यसपछि नेपालले लगातार विकेट गुमायो र ३८.१ ओभरमा सबै विकेट गुमाएर मात्र ९४ रन बनाउन सक्यो ।

नेपालका चार ब्याट्सम्यानले मात्र दोहोरो अंक जोड्न सके । अनिल मण्डलले २०, शरद भेषावकरले १४, सोमपाल कामीले १२ र ज्ञानेन्द्र मल्लले ११ रन बनाए । कप्तान पारस खड्का पहिलो बलमै नै आउट भए । सागर पुन ७, राजु रिजाल ३, विनोद भण्डारी ९, सन्दिप लामिछाने १ रनमा पभेलियन फर्किएका छन् ।

करण केसी शून्यमै आउट भए । वसन्त रेग्मी ७ रनमा अविजित रहे ।

तपाईको प्रतिक्रिया