Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपालले ३८ ओभर १ बलमा १० विकेट गुमाएर ९४ रन बनाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालको पहिलो विकेट ज्ञानेन्द्र मल्ल ११ रन बनाएर बोल्ड आउट भए । यस्तै अनिल मण्डल ३९ बलमा २० रन बनाएर आउट भए । कप्तान पारस खड्का बिना रन आउट भएपछि नेपालको ब्याटिङ धर्मराएको छ ।

सागर पुन ७ रन र राजु रिजाल ३ रन बनाएर आउट भए । विनोद भण्डारी १९ बलमा ९ रन बनाएर आउट भए । शरद भेषावकर ७१ बलमा १४ रन बनाएर आउट भए । यस्तै सोमपाल कामी २८ बलमा १२ रन,  सन्दिप लामिछाने १ रन र करण केसी बिना रन आउट भए ।

प्रतियोगितामा नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् । अहिलेसम्म खेलेका ६ खेलमा चार खेल जितेको नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमा छ । ६ खेलमा चार खेल गुमाएको तथा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया