Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – एकसाता अघि राजधानीको भृकुटीमण्डपमा उद्घाटन भएको नेविसंघको ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रम भोलिबाट शुरु हुने भएको छ ।

नेविसंघ महाधिवेशनका लागि गठित निर्देशक समितिले गत मंगलबार नै प्रतिनिधिहरुको संख्या टुङ्ग्याए पनि विभिन्न गुटबाट नाम उपलब्ध नभएकाले अन्तिम नामावली प्रकाशन गर्ने काम हुन सकेको थिएन ।

निर्वाचन समितिका संयोजक भरत खरेलका अनुसार निर्देशक समितिसँगको समन्वयमा अन्तिम नामावली टुङ्गो लागेकाले भोलिबाट निर्वाचन प्रकृया शुरु हुनेछ । आज साँझसम्ममा ३७ सय हाराहारीको अन्तिम नामावली र निर्वाचन कार्यतालिका माउ पार्टी कंग्रेसको वेबसाइटमा प्रकाशित गरिनेछ ।

भोलि बिहानबाट मनोनयन पत्र दर्ता, दावी बिरोध र उम्मेद्वारी फिर्ता लगायतको प्रकृया सकेर सोमबार मतदान गर्ने कार्यक्रम तय गरिएको खरेलले बताउनुभयो । निर्देशक समितिका संयोजक प्रकाशशरण महतले अन्तिम नामावली र निर्वाचन कार्यक्रम सार्वजनिक भएसँगै नेविसंघको नयाँ नेतृत्व चयनको प्रकृया अघि बढ्ने बताउनुभयो ।

सहमतिका आधारमा ११ औं महाधिवेशन सम्पन्न भएपनि बिधि र प्रकृया सम्मत् ढंगबाट समयमै १२ औं महाधिवेशन सम्पन्न हुने उहाँको विश्वास छ । त्यस्तै महाधिवेशन अन्तर्गतको निर्वाचनमा यसपटक इलेक्ट्रोनिक मेसिनको प्रयोग गरिने भएको छ ।

पार्टी मुख्यालय सानेपामा हुने मतदानमा धेरै मतदाता रहेको क्षेत्रमा मेसिन र कम रहेको क्षेत्रमा मतपत्रको प्रयोग गरिने नेता महतले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया