Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले पावर शेयरिङ नमिलेका कारण राप्रपा नेपालसँगको पार्टी एकीकरण बिथोलिएको बताउनु भएको छ ।

उहाँले राष्ट्रिय अध्यक्ष र अध्यक्षको पावर शेयरिङ सन्तुलित बनाउन राप्रपा नेपालले नमानेका कारण एकीकरण रोकिएको शनिबार संवाद क्लब नेपालको कार्यक्रममा बताउनु भयो । राणाले राप्रपा नेपालका अध्यक्ष कमल थापाले अनावश्यक आरोप प्रत्यारोपमा उत्रिएर नेपालमा डोनाल्ड ट्रम्पको नयाँ संस्करण सुरु गरेको आरोप लगाउनु भयो ।

राप्रपा नेपालसँग एकता प्रकृया अत्य नभएर अवरुद्ध मात्र भएको बताउँदै अध्यक्ष राणाले कमल थापाले माफी मागे एकता प्रकृया फेरि सुरु हुन सक्ने बताउनु भयो ।

एक अर्को प्रसंगमा अध्यक्ष राणाले भूकम्प पछिको पुनर्निमार्ण, मधेस समस्याको समाधान, कालो बजारी, घुसखोरि अन्त्य गर्दै सहज आपूर्ति व्यवस्था र संविधान कायान्वयन जस्ता विषय वर्तमान सरकारको प्रमुख कार्यभार रहेको भन्दै आपूर्ति मन्त्रालय आफ्नो पार्टीको भागमा परेकाले तत्काल आपूर्ति व्यवस्था सहज बनाएर जनतालाई राहत दिन आफूले आपूर्ति मन्त्री दिपक बोहोरालाई निर्देशन दिएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया