Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा लागू गरिए पनि कतिपय मानवीय त्रुटिका कारणले दुर्घटना दोहोरिएको बताएको छ ।

व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको बैठकमा उक्त मन्त्रालयका सचिव प्रेमकुमार राईले हवाई उडान भर्नुअघि चालकको स्वास्थ्य परीक्षण गर्ने नीतिलाई आगामी दिनमा कडाइका साथ पालना गराइने जानकारी दिनुभएको आजको गोरखापत्र दैनिकमा खबर छ । हवाई उडानका क्षेत्रमा खासगरी अपनाउनुपर्ने नियम तथा नयाँ प्रविधिको प्रयोगमा विशेष ध्यान पुर्‍याइएको बताउँदै उहाँले कतिपय अवस्थामा जहाज र चालक ठिक भए पनि डाँडामा ठोक्किएर दुर्घटना हुने गरेको तथ्याङ्क प्रस्तुत गरियो । Kapildev_Nuwakot

बैठकमा कतिपय दुर्घटना छानबिन समितिको प्रतिवेदनलाई विश्लेषण गर्ने हो भने चालकको बानी व्यहोरासमेत ध्यान दिन आवश्यक रहेको जनाउँदै मन्त्रालयका तर्फबाट अनुसन्धान र छानबिनलाई विश्वसनीय तुल्याई प्रतिवेदन कार्यान्वयनमा जोड दिइने प्रतिबद्धता जाहेर गरियो । विमानमा जडान भएको उपकरणका आधारमा चालकले प्रत्यक्ष दृष्टि र प्रविधिको प्रयोग सहायता लिएर दुई किसिमबाट हवाई उडान गरिन्छ । नेपालमा भएका धेरैजसो हवाई दुर्घटना पहाडी क्षेत्रमा हुने गरेको छ। मौसममा अचानक आउने खरावीका कारण चालकले हवाई मार्ग पत्ता लगाउन नसक्दा दुर्घटनाका सम्भावना बढाउने गरेको घटना बैठकमा जानकारी गरायो।

मन्त्रालयका सहसचिव सुरेश आचार्यले हवाई क्षेत्रको नियमन र दुर्घटनासम्बन्धी हेर्ने बेग्ले संयन्त्रको खाँचो रहेको जानकारी दिनुभयो । मुलुकमा हवाई दुर्घटनाका घटना निकै बढ्न थालेपछि मन्त्रालयले विमानलाई साहसिक उडानका नाममा जोखिमपूर्ण देख्दादेख्दै बादलमा प्रवेश गराएमा अनुमातिपत्र खारेजीसम्मको चेतावनी राखेर नियमावली बनाउने कार्य प्रारम्भ गरेको छ ।

तपाईको प्रतिक्रिया