पोखरा – तनहुँमा सम्बन्ध विच्छेदका घटना बढेको छ । अघिल्लो वर्ष १८९ जोडीको सम्बन्धविच्छेद गरेकोमा यो वर्षको असार मसान्तसम्म १९९ जोडीको सम्बन्धविच्छेद भएको तनहुँ जिल्ला अदालतले जनाएको छ ।
आर्थिकवर्ष २०७२/७३ मा २४३ वटा सम्बन्धविच्छेद गर्न मुद्दा दर्ता भएकोमा १९९ वटा सम्बन्ध विच्छेद भएको जिल्ला अदालत तनहुँका श्रेस्तेदार विश्वनाथ अर्यालले बताउनुभयो ।
घरेलु हिंसा, वैदेशिक रोजगार र सामाजिक सचेतनाका कारणले नै सम्बन्धविच्छेद गर्ने जोडीको सङ्ख्यामा वृद्धि हुँदै गएको अदालतका नासु कृष्णप्रसाद गौतमले बताउनुभयो ।