Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत भोलि नेदरल्याण्डसँग पहिलो खेल खेल्ने भएको छ ।सन् २०१९ को विश्वकप क्रिकेटको छनोटका लागि भएको प्रतियोगिता अन्तर्गत नेपालले भोलि र सोमबार नेदरल्याण्डसँग उस्कै घरेलु मैदानमा खेल्न लागेको हो । खेल भोलि दिउसो पौने ३ बजेबाट सुरु हुने छ ।

Nepal-Cric-team1

८ टीम सहभागी च्याम्पियनसिपमा नेपालले ६ खेलबाट ४ अंक जोडेको छ । नेदरल्याण्डस् भने १० अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । उत्कृष्ट चार भित्र पर्न सफल टोली आगामी २०१९ मा हुने विश्वकप क्रिकेटमा छनौट खेलका लागि चयन हुने छ ।

यस अघि भएको खेलमा नेपालले नावियासँग दुवै खेलमा जित निकालेको थियो भने स्कटल्याण्ड र पपुवान्युगिनिसँग भने नेपालले दुवै खेल हारेको थियो ।

तपाईको प्रतिक्रिया