Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

sunil pokhrel

काठमाडौं – वरिष्ठ रंगकर्मी सुनिल पोखरेल अकस्मात विरामी परेपछि अस्पताल भर्ना भएका छन् । उहाँलाई नर्भिक अस्पतालको आइसियूमा भर्ना गरिएको छ ।
हिजै रातिबाट पोखरेललाई गार्‍हो भएपछि अस्पताल ल्याइएको उहाँको श्रीमती निशा शर्माले जानकारी दिनुभयो । ‘मुटुहरू सबै ठीक छ, सिटी स्क्यानमा पनि त्यस्तो गम्भिर समस्या केही देखिएको छैन्।’ अहिले डक्टर आएपछि थप परिक्षण गर्ने कुरा भएको छ, उहाँले भन्नुभयो ।
‘सुनिललाई सिजर एट्याक भएको हो, हार्ट एट्याक भने होइन । यो एट्याक फेरी हुन सक्ने भएकाले हाल निगरानीमा राखिएको छ ।’ चिकित्सकलाई उदृत गर्दे श्रीमती शर्माले भन्नु भयो । पोखरेल कहिले होसमा, कहिले वेहोसमा रहेको उहाँको भनाइ छ । पोखरेललाई भेट्न उहाँका शुभचिन्तक अहिले अस्पताल परिसरमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया