Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

टोकियो – जापानका ८० प्रतिशत गाउँ-सहरमा बिदेशी प्रशिक्षार्थी कामदारहरु रहेको क्योदो चुसिनको सर्बेक्षणले जनाएको छ ।

गाउँ इलाकामा देखिएको काम गर्ने मानिसको अभाबलाई पूर्ति गर्नका लागि बिदेशीहरुले भूमिका खेलेको पाईएको छ । त्यसैगरी बिदेशी प्रशिक्षार्थीको माग गर्ने गाउँ तथा सहर पनि ३० प्रतिशत भन्दा बढि रहेको सर्बेक्षणबाट थाहा लागेको छ । त्यसको प्रमुख कारणको रुपमा जापानको जनसंख्या घट्दै गएकोले काम गर्न सक्ने म्यानपावर समयमै जम्मा गरी त्यसलाई संरक्षण गर्नु रहेको बताईएको छ ।

अर्कोतर्फबिदेशीहरुको भाषा सँस्कृतिमा देखिने विविधताका कारण उनीहरुको शिक्षा र दैनिकीमा पनि बिभिन्न समस्याहरु देखिएको छ भने प्रशिक्षार्थी कामदारको सुबिधामा सुधार ल्याउनुपर्ने आवाजहरु पनि बृद्धि भईरहेको छ । सर्बेक्षणमा बिदेशी कामदारको बृद्धि गर्ने बारेमा मध्यम खालको प्रतिक्रिया दिने स्थानिय निकायको हिस्सा पनि ५५ प्रतिशत रहेको बुझिएको छ । प्रशिक्षार्थीहरु मध्ये ७७ प्रतिशतले बसोबास दर्ता गरेको पाईएको छ । स्थायी भिसा भएका ८७ प्रतिशत बिदेशीहरु १ हजार ३ सय ९६ गाउँ-सहरमा बसोबास गर्ने गरेको पनि सर्बेक्षणबाट थाहा लागेको छ । बिदेशी बासिन्दा बढाउन आवश्यक छैन भन्ने स्थानिय निकायहरु १३ प्रतिशत रहेको पाईयो भने आवश्यक छ भन्ने स्थानिय निकायहरु ३२ प्रतिशत रहेको पाईएको छ ।

बिदेशी बासिन्दा बृद्धि गर्न आवश्यक छ भन्ने स्थानिय निकायहरुले कामदार अभाबलाई पूर्ति गर्ने र समाजको अन्तर्राष्ट्रियकरण गर्ने कारणहरु देखाएका छन् । सो स्थानिय निकायहरु सबैभन्दा बढि ६३ प्रतिशत खागावा केनमा रहेका छन भने ओइता केन र एहिमे केनमा क्रमशः ५८ र ५३ प्रतिशत रहेका छन । यि क्षेत्रहरु बिशेष गरी कृषि ब्यवसायको प्रमुख क्षेत्रको रुपमा चिनिन्छ । क्योदो चुसिनले यस पटकको सर्बेक्षण जापानभरिका स्थानिय निकायहरुमा गरेको र ९३ प्रतिशतले जवाफ दिएको बताईएको छ ।

सन् २०१५ को अन्तमा जापानमा रहेका बिदेशीहरुको संख्या २२ लाख ३० हजार रहेकोमा ७ लाखको स्थायी भिसा भएको पाईएको छ भने बिशेष स्थायी भिसा भएकाहरु ३ लाख ५० हजार जना छन् । त्यसैगरी, बिदेशी बिद्यार्थीको संख्या २ लाख ५० हजार जना छन भने प्रशिक्षार्थी कामदारहरु १ लाख ९० हजार जना रहेको समाचारमा उल्लेख छ ।***

तपाईको प्रतिक्रिया