Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक युवती आत्महत्या गर्ने भन्दै बनारस पुगेको अवस्थामा नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ ।

सामाजिक सञ्जालबाट आत्महत्या गर्ने सूचना पाइएकै आधारमा महानगरीय अपराध महाशाखाले ती युवतीलाई उद्धार गरेको आजको राजधानी दैनिकमा खबर छ । एमबीबीएस अध्ययन गरिरहेकी ती युवतीले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या गर्न लागेको स्टाटस पोस्ट गरेकी थिइन् । प्रहरीका अनुसार स्टाटस पोस्ट गरेलगत्तै उनी जोगवनीबाट सिधै बनारसतर्फ लागिन् । उक्त स्टाटस पोस्ट गरेपछि आफूसँग भएको मोबाइलसमेत सम्पर्क विच्छेद गरेर उनी बनारसतर्फ गएकी थिइन् । उनको स्टाटस पढेपछि परिवार निकै चिन्तित बन्यो । उनको परिवारका सदस्य तत्कालै महानगरीय अपराध महाशाखामा सो सूचना लिएर पुग्यो । facebook

ती युवतीकी आमा र बहिनीले सो घटनाबारे सबै कुरा महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सवेन्द्र खनाललाई बताएपछि खनालले तत्कालै मोरङ प्रहरीमा सम्पर्क गरी उद्धारमा खटाए । कपिलबस्तु स्थायी ठेगाना भई काठमाडौँमा बस्दै आएकी उनकी आमा र बहिनीले सो घटनापछि निकै तनावमा थिए । उनको आमाको मोबाइल भारतीय नम्बरबाट मिसकल आएको थियो । स्टाटस पोस्ट गरेपछि मोबाइल स्विच अफ गरेपछि आमा तनावमा परेकी हुन् । आमाको मोबाइलमा आएको भारतीय नम्बरमा कल गरी विराटनगर प्रहरीलाई त्यसको लोकेसन दिई भारतीय प्रहरीलाई समेत सहयोग मागेका थिए ।

स्रोतका अनुसार भारतीय नम्बर जोगबनीनजिकै रहेको रेल्वे स्टेसनमा कार्यरत आरटीओको रहेको पत्ता लागेको थियो । खनालले सोधपुछ गरेपछि युवतीले आफूसँग मोबाइल नभएको र घरमा फोन गर्न मोबाइल मागेको बताएको स्टेसनका कर्मचारीले जानकारी दिएका थिए । रेल्वे स्टेसनमा काम गर्ने ती कर्मचारीले युवती बनारसको रेल चढेर गएको जानकारी दिएपछि खनालले बिहार पुलिसको कटियारस्थित स्टेसनका प्रमुखलाई फोन गरेर सहयोग मागेका थिए ।

ती युवतीलाई भारतीय प्रहरीले आइतबार साँझ रेलमा यात्रा गरिरहेकै अवस्थामा नियन्त्रणमा लिन सफल भयो । आगामी बिहीबारबाट परीक्षा रहेका कारण यस विषयमा परीक्षा सकेपछि मात्रै युवतीसँग सोधपुछ गरिने महाशाखाले जनाएको छ । परीक्षा नजिकै आएकाले ती युवती विक्षिप्त भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया