Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रिमोट कन्ट्रोलबाट नचल्न सुझाव दिँदै राष्ट्रिय स्वाभिमानका साथ काम गर्दा कप्ठ्यारो परे सगोत्रीलाई सम्झन आग्रह गरेको छ । puspa

‘सरकारको नेतृत्व अरूबाट निर्दे्शित हुनु र रिमोट कन्ट्रोल अरूको हातमा भएजस्तो गरी चल्नु उपयुक्त हुँदैन,’ एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भने,‘संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीलाई हामी त्यही हैसियतमा देख्न चाहन्छौँ ।’ नयाँ सरकार निर्माणपछि पहिलो पटक सोमबार बसेको संसद बैठक नव निर्वाचित प्रधानमन्त्रीलाई बधाई र शुभकामना दिनमा केन्द्रित थियो ।

त्यस क्रममा सांसदहरुले संविधान कार्यान्वयन, सहमति निर्माण, सुशासन र विकासमा केन्द्रित रहन सरकारको ध्यानाकर्षण गराएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

एमालेले तीन तहको निर्वाचनसहित पूर्ववर्ती सरकारले अघि सारेको संविधान कार्यान्वयन कार्ययोजनालाई प्राथमिकतामा राख्न सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया