Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – आफूले मागेको मन्त्रालय नपाएपछि चर्को असन्तुष्टि जनाउँदै आएका नेपाली काँग्रेसका नेताद्वय डा. शेखर कोइराला र अर्जुनरसिंह केसीलाई मनाउनका लागि सभापति शेरबहादुर देउवाले पहल थाल्नुभएको छ ।

कोइराला र केसी दुवैलाई मन्त्रिपरिषदमा पठाउन चर्को दबाब आएपछि सभापति देउवाले पहल थाल्नुभएको आजको राजधानी दैनिकमा खबर छ । स्रोतका अनुसार कोइरालालाई कुनै पनि हालतमा परराष्ट्र मन्त्रालय नदिने सोचमा रहेका सभापति देउवा उहाँलाई सो मन्त्रालय दिन लचक हुनुभएको छ । देउवाले डा. कोइरालालाई परराष्ट्र मन्त्रालय दिन आफू तयार रहेको सन्देश पनि पठाइसक्नुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएकै दिन कोइराला परराष्ट्रमन्त्री बन्ने पक्कापक्की थियो । तर सभापति देउवाले परराष्ट्र बाहेक अन्य कुनै मन्त्रालय रोज्न आग्रह गरेपछि उनले आफूले भनेको मन्त्रालय नपाए मन्त्री नै नबन्ने जवाफ फर्काउनुभएको थियो ।

यसैगरी गृह मन्त्रालय नपाएपछि मन्त्री बन्नै अस्वीकार गरेका केसीलाई भेटेरै देउवाले रक्षामन्त्री बन्न आग्रह गरेका छन् । रक्षामन्त्री बन्न केसी सकारात्मक भएको स्रोतको दाबी छ ।***

तपाईको प्रतिक्रिया