Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – नवनियुक्त युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले नेपाली खेलकुद क्षेत्रमा देखिएका विकृति, विसङ्गति र विवाद अन्त्य गर्न नयाँ ऐन ल्याउने बताउनुभएको छ ।

काठमाडाैँमा आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, “आवश्यक नीति/विधि, ऐन/कानुन नभएका हुनाले नै अहिले खेल क्षेत्रमा विवाद देखापरेका हुन् ।” मन्त्री श्रीपाइलीले खेलकुद समस्याबारे आफू मन्त्रालयमा आएको ‘ब्रिफिङ’ मात्र नसुन्ने बताउँदै भन्नुभयो, “अब म ‘स्पट’मा गएर सबै कुरा बुझ्छु ।” नेपालको खेलकुद जगतलाई अन्तर्राष्ट्रियस्तरको बनाउनमा आफ्नो ध्यान जाने बताउँदै उहाँले यस क्षेत्रमा आबद्ध अग्रज र विज्ञसँगको सरसल्लाहबाटै आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘ओलम्पिक एथलेटिक्स टोली’को बिदाइ

ब्राजिलको रियो दि जेनेरियोमा जारी ‘रियो ओलम्पिक– २०१६’ मा सहभागी हुने नेपाली एथलेटिक्स टोलीलाई नेपाल एथलेटिक्स सङ्घले बिदाइ गरेको छ ।

एथलेटिक्सअन्तर्गत पुरुष पाँच हजार मिटर दौडमा हरिकुमार रिमाल तथा महिला १५ सय मिटर दौडमा सरस्वती भट्टराईले नेपालकातर्फबाट प्रतिस्पर्धा गर्नेछन् । दुवै खेलाडीका प्रशिक्षक पुष्पराज ओझा हुनुहुन्छ । सोअवसरमा टोलीलाई ट्र्याकसुट प्रदान गरिएको थियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव गङ्गाबहादुर थापा, एथलेटिक्स सङ्घका महासचिव सुनिल राजवंशी, ट्र्याकसुट प्रायोजक राम बोसलगायतले आज दशरथ रङ्गशालामा बिदाइ गर्नु भयो । टोली आइतबार ब्राजिल प्रस्थान गर्दैछ ।

ब्राजिलमा आजदेखि औपचारिक रुपमा ओलम्पिक सुरु भएको भए पनि एथलेटिक्स भने अगस्ट १२ देखि २१ तारिखसम्म सञ्चालन हुनेछ । नेपालकातर्फबाट विभिन्न पाँच खेलबाट सात खेलाडी प्रतिस्पर्धा गर्दैछन् ।

तपाईको प्रतिक्रिया