Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

बैतडी –भारत जाने नेपालीले अबदेखि परिचयपत्र अनिवार्यरुपमा लैजानुपर्ने भएको छ । भारतमा साउन ३१ गते मनाइने गणतन्त्र दिवसलाई मध्यनजर राखेर सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेपछि परिचयपत्र अनिवार्य गरिएको हो ।

paricahya

बैतडीको सीमा क्षेत्र झुलाघाटमा पनि सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जनाएको छ । भारत जान चाहने नेपालीलाई आफ्नो परिचय खुल्ने कागजपत्र लिएर मात्रै आवतजावत गर्नका लागि नेपाल प्रहरीमार्फत भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

परिचयपत्र नभएकालाई सीमाबाट फर्काइने भएकाले भारत जानुपरेमा परिचयपत्र साथमा लिएर मात्र जान भनिएको जिप्रका बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

भारतीय सीमावर्ती बजार झुलाघाट, धार्चुला, पिथौरागढसम्म परिचयपत्र आवश्यक नपरे पनि दिल्ली मुम्बईलगायतका ठाउँमा जाने नेपालीले अनिवार्य परिचयपत्र लिएर मात्र जान प्रहरीले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया