Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतका ११ जना न्यायाधीशलाई नियुक्ति गर्नुभएको छ । राष्ट्रपति भण्डारीको समुपस्थितिमा शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।

;jf]{Rr cbfntsf GofofwLzx?sf] zky u|x0f 	/fi6«klt ljBfb]jL e08f/Lsf] ;d'kl:yltdf ;f]daf/ zLtn lgjf;l:yt /fi6«klt sfof{nodf cfof]lht Ps ;df/f]xdf k|wfgGofofwLz ;'zLnf sfsL{n] ;jf]{Rr cbfntsf !! gjlgo'Qm GofofwLzx?nfO{ kb tyf uf]kgLotfsf] zkyu|x0f u/fpFb}. tl:a/M /f]zg ;fksf]6f,/f;;

सो समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, संवैधानिक अङ्गका प्रमुखहरु, मुख्यसचिव डा सोमलाल सुवेदी, महान्यायाधिवक्ता हरि फुयाँल, सर्वोच्च अदालतका न्यायाधीशहरु, पुनरावेदन अदालतका न्यायाधीशहरु, नेपाल सरकारका सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

नवनियुक्ति न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधान रहनुभएको छ । उहाँहरुले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

नवयुक्ति न्यायाधीशहरुको संसदीय सुनुवाइ विशेष समितिले आइतबार ११ न्यायाधीशको नाम अनुमोदन गरेको थियो ।

तपाईको प्रतिक्रिया