Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौ – सरकारी खर्चमा पढ्न पठाएका २५ जना कर्मचारीहरु विदेश पुगेपछि उतै लुकेर बसेको भन्दै कारवाहीका लागि सामान्य प्रशासन मन्त्रालयले विवरण संकलन गरेको छ ।
राज्यकोषको खर्चमा अमेरिका, बेलायत आदि देशमा पढ्न पुगेका ती कर्मचारी उतै लुकेपछि सरकारले उनीहरुको विवरण संकलन गरी कारवाही प्रक्रिया अघि बढाएको हो ।

निजामति सेवा ऐनअनुसार कुनै पनि कर्मचारीले अध्ययन विदा समाप्त भएको मितिले ९० दिनभित्र कार्यालयमा हाजिर भइसक्नुपर्ने व्यवस्था छ । निजामति ऐनले दिएको सुविधा विपरीत विदेश गएपछि नफर्किने कर्मचारीलाई कारबाही गर्न पूर्वसामान्य प्रशासन मन्त्री रेखा शर्माले निर्देशन समेत दिनुभएको थियो ।

मन्त्री शर्माको निर्देशनअनुसार त्यस्ता कर्मचारीको लगत संकलन र कारबाहीको प्रक्रिया अघि बढेको थियो ।

तपाईको प्रतिक्रिया