Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

साउन १७ – इराकमा मारिएका एक अमेरिकी मुस्लिम सैनिककी आमाले रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको आलोचना गरेकी छन् । सैनिककी आमा गजाला खानले ट्रम्पलाई इस्लामको बारेमा जानकारी नभएको र उनले कुर्बानी शब्दको अर्थ नबुझेको बताएकी हुन् । गजालाका श्रीमान खिज्र खानले गएको बिहीबार डेमोक्र्याटिक पार्टीको राष्ट्रिय अधिवेशनमा दिएको भावुक भाषणको ट्रम्पले आलोचना गरेका थिए ।

sainik ma

त्यसबेला गजाला केही बोलेकी थिइनन् । त्यसपछि ट्रम्पले गजाला केही नबोलेको प्रति प्रश्न गरेका थिए । ट्रम्पले भनेका थिए ‘गजालालाई बोल्ने स्वीकृति नदिइएको हुन सक्छ ।’ गजाला र खिज्रका छोरा हिमायुन खान अमेरिकी सेनामा क्याप्टेन थिए । सन् २००४ मा इराकमा भएको कार बम बिस्फोटमा उनको ज्यान गएको थियो । त्यसबेला हिमायुनको उमेर २७ वर्ष थियो ।

गजालाले वाशिङटन पोस्टमा लेखेको एक आलेखमा खिज्रले अधिवेशनमा बोल्न चाहेको भए बोल भनेको उल्लेख गरेकी छन् । तर आफू निकै पीडामा भएकाले बोल्न नसकेको बताएकी छन् । उनले लेखेकी छन् ‘अधिवेशनको स्टेजमा मेरो पछाडी मेरो छोराको ठूलो तस्बिर थियो । स्टेजमा जाँदा मैले निकै मुश्किलले आफूमा नियन्त्रण कायम गरेकी थिएँ । डोनाल्ड ट्रम्पका छोरा छोरी छन्, जसलाई उनी माया गर्छन् । के उनलाई अचम्म मान्नु पर्ने कुरा छ कि मैले किन केही बोलिन भनेर ?’

उनले अघि लेखेकी छन् ‘जब डोनाल्ड ट्रम्प इस्लामका बारेमा बोल्छन्, त्यसबेला उनको अज्ञानता देखिन्छ । यदी उनले वास्तविक इस्लाम र कुरान पढे भने चरमपन्थीबाट पाएका सबै विचार परिवर्तन हुनेछ । किनकी चरमपन्थी एक छुट्टै धर्म हो ।’ अमेरिकाले आफ्नो पीडा बुझेको र ट्रम्पलाई पनि आफ्नो पीडाको खिल्ली नउडाउन उनले आग्रह गरेकी छन् ।

तपाईको प्रतिक्रिया