Deneme Bonusu Veren Siteler
बुधबार, पौष १०, २०८१
Wednesday, December 25, 2024

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिनुभएको समयसीमा टुङ्गिएपछि प्रधानमन्त्री चयनको लागि आजदेखि बहुमतीय प्रक्रिया सुरु हुँदैछ । राष्ट्रपति भण्डारीले गएको साउन १० गते सहमतिको सरकार गठन गर्नका लागि एक हप्ताको समय दिनुभएको थियो ।

pp

सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दिनुभएको समयसीमा आइतबार सकिएपछि प्रधानमन्त्रीको चयन प्रक्रिया बहुमतका आधारमा अगाडि बढ्न लागेको हो । राष्ट्रपतिले सोमबार यस सम्बन्धी आह्वान गर्ने तयारी छ ।

संसद बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । त्यसअघि नै राष्ट्रपतिले बहुमतीय आधारमा प्रधानमन्त्री चयनको लागि आह्वान गर्ने र संसदमा पत्र पठाउने तयारी छ ।राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि सभामुख ओनसरी घर्तीले यसबारे जानकारी सदनलाई गराएर संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोक्नु हुनेछ ।

राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि आवश्यक प्रक्रिया अगाडि बढ्ने संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो । राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि सचिवालयले प्रधानमन्त्रीको उम्मेदवारी दर्तालगायतको निर्वाचन तालिका तोक्नेछ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरिसकेका छन् । नेकपा एमालेले भने कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा कुनै निर्णय गरिसकेको छैन । तर एमालेले पनि उम्मेदबार बनाउने चर्चा छ ।

पार्टी उपाध्यक्ष बामदेव गौतम या संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङमध्ये एकजनालाई उम्मेदवार बनाउने चर्चा भएपनि यसबारे यकिन भइनसकेको एमालेले जनाएको छ । संसद सचिवालयले बुधबार नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको कार्यक्रम तय गर्ने तयारी गरेको छ ।

राजनीतिक घटनाक्रम आकश्मिक रुपमा परिवर्तन नभएमा बुधबार प्रचण्ड प्रधानमन्त्रीमा चुनिनुहुनेछ । बहुमतीय प्रक्रियाका लागि समर्थन जुटाउन कांग्रेस र माओवादीले गृहकार्य तीव्र पारेका छन् । अहिलेसम्म राप्रपा र नेकपा संयुक्तले समर्थन गर्ने पक्का भइसकेको र मधेसी मोर्चा, राप्रपा नेपाल लगायतका दललाई पनि समेट्ने प्रयास भइरहेको कांग्रेस नेता धनराज गुरुङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया