Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

कञ्चनपुर – बडिमालिका बस व्यवसायी समितिले कैलालीमा सेवा सुरु गरेको बिरोधमा अरु यातायात व्यवसायीले गरेको आन्दोलन स्थगित भएको छ ।शनिबारदेखि अनिश्चितकालीन यातायात बन्द गरेका यातायात व्यवसायी र जिल्ला प्रशासन कार्यालयबिच आइतबार बेलुका सहमति भएपछि गाडी चल्न थालेका हुन् ।

बडिमालिका यातायातले न्युनतम मापदण्ड पूरा नगरी गाडी संचालन गर्न खोजेको भन्दै सुदूरपश्चिमका अन्य यातायात व्यवसायीले विरोध स्वरुप शनिबारदेखि गाडी बन्द गराएका थिए । आइतबार जिल्ला प्रशासन कार्यालय कैलालीमा भएको सहमतिपछि गाडी चल्न थालेको महाकाली सेती यातायात व्यवसायी समितिका महासचिव विष्णु कँडेलले जानकारी दिनुभयो ।

उहाँले एक हप्ताभित्र बडिमालिका यातायातका प्रोप्राइटरलाई धनगढी झिकाएर आवश्यक शर्त पूरा गरेर मात्रै गाडी चलाउन दिने सहमति भएको बताउनुभयो । उहाँका अनुसार बडिमालिका यातायातका गाडी एक हप्तासम्म चल्ने छैनन् ।

तपाईको प्रतिक्रिया