Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं  – व्यवस्थापिका संसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने/नलगाउने सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव अघि बढने भएको छ ।

सभामुख ओनसरी घर्तीले मुख्य तीन दलका सचेतक तथा प्रस्तावका र समर्थकसँगको छलफलमा प्रस्ताव अघि बढाउने प्रतिबद्धता जनाएको प्रस्तावका समर्थक धनराज गुरुङ्गले जानकारी दिनुभयो ।

छलफलमा प्रस्तावको एक–एकप्रति सांसदलाई तत्काल उपलब्ध गराउने र नयाँ सरकार गठन लगत्तै संसदमा छलफल गराउने प्रतिवद्धता व्यक्त गरेको उहाँले बताउनुभयो ।

अख्तियारका प्रमुख आयुक्त कार्कीले आफ्नो क्षेत्राधिकार नाघेर काम गरेकाले त्यसबारेमा छलफल गर्न सांसद गगन थापा प्रस्ताव तथा धनराज गुरुङ्ग र श्याम श्रेष्ठ समर्थक रहेको सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

तपाईको प्रतिक्रिया