Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौँ – हालसालै आठौ पटकको अनशन तोड्नुभएका डा गोबिन्द केसी सडक प्रदर्शनका लागि माइतिघर मण्डला पुग्नुभएको छ ।dr-kc

अनशन तोडेको एक हप्तापनि नबित्दै केसीका समर्थनमा ‘सोलिड्यारिटी फर डा. केसी एलाइन्स’को आयोजनामा भएको शान्तिपूर्ण प्रदर्शनमा भाग लिन केसी पुग्नुभएको हो । केसीले आठौं अनशन तोडेसँगै आफ्ना पूरा नभएका मागहरु वैकल्पक आन्दोलनबाट पूरा गराउने आत्मविश्वास व्यक्त गर्नुभएको थियो । प्रदर्शनमा केसीका समर्थक विद्यार्थी चिकित्सकका सँगै बिवेकशील नेपाली दलका कार्यकर्ताहरु पनि प्रदर्शनमा सहभागी भएका छन् ।

उनीहरुले मूलतः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैली र त्यहाँका प्रमुख लोकमासिंह कार्कीका विरुद्धमा नारा लगाएका छन् । केसी र सरकारबीच भएको सम्झौता पालना हुनुपर्ने लगायत माग सहितका प्लेकार्ड बोकेर प्रदर्शनकारी माइतिघर मण्डलाबाट नयाँ बानेश्वर तर्फ लागेको छ ।

केसीले अनशन तोड्दा ‘अब ढिंडो र गुन्द्रुक खाएर आन्दोलन गर्ने’ बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया