काठमाडौँ – नयाँ बन्ने सरकार सञ्चालनका लागी न्युनतम साझा कार्यक्रम तयार पार्न गठित नेपाली काँग्रेस र माओवादी केन्द्रको कार्यदलले आज मधेसी मोर्चामा आवद्ध दलहरूसँग छलफल थालेका छन् ।
सिहदरवारस्थित राज्य व्यवस्था समितिको सभाहलमा जारी बैठकमा छलफलमा नयाँ सत्ता समिकरण, सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने विषयमा केन्द्रित हुने रहेको छ ।
मोर्चाले मधेसको माग सम्बन्धमा नयाँ बन्ने सरकारका तर्फबाट ठोस कार्ययोजना आएमा सरकारमा सहभागी हुने सङ्केत गरेका छन् ।