Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौँ – नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले आज माइतीघर मण्डलामा सप्तरीको तिलाठीमा नेपालीमाथि भारतीय पक्षबाट भएको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन् । 1469852761808_SS_KTM_birod

क्रान्तिकारीले भारतीय हस्तक्षेप बन्द गर, भारतीय दादागिरीको प्रतिवाद गरौँ, तिलाठीका जनताको प्रतिरोधको सम्मान गरौँ, मधेस पनि हाम्रो हो, मधेसी पनि हाम्रै हुन जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा माओवादीका सचिवालय सदस्य तथा क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपानेले राष्ट्रवादका विषयमा हिमाल, पहाड र तराईका नेपाली भारतीय विस्तारवाद विरुद्ध एकजुट भएर लड्नुपर्ने आवश्यकता भएको बताउनुभयो ।

प्रदर्शनमा क्रान्तिकारीका विद्यार्थीको सहभागिता रहेको थियो । बिहीबार सप्तरी तिलाठीमा भारतबाट दशगजा क्षेत्रमा बनाएको बाँधले डुबान भएको भन्दै विरोध गर्न गएका स्थानीयमाथि भारतीय पक्षबाट आक्रमण गरिएको थियो ।

तपाईको प्रतिक्रिया