Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौँ – सप्तकोशी नदीले धार परिवर्तन गरेपछि सुनसरी र उदयपुरमा पर्ने श्रीलंका टापुका हजारौँ नेपालीको जीवन खतरामा परेका छन् । नदीले धार पश्चिम मोडेकाले नदी बिचमा रहेको श्रीलंका टापुका १२ हजार दुई सय घर जोखिममा परेका हुन् ।

असार र साउनमा मात्रै टापुको दुई हजार बिघा जमिन कटान गरेको स्थानीयले बताएका छन् ।पाँच दिनअघि पसेको कोसीले घर डुबान गर्दा त्यहाँका बासिन्दाले पाँच दिनदेखि पकाएको खाना नपाएको स्थानीयले बताएका हुन् । उक्त टापुमा प्रकाशपुर गाविसका वडा नम्बर ४ र ५, महेन्द्रनगरको वडा नम्बर ५ र उदयपुरको तपेश्वरी गाविसको वडा नम्बर १ का १२ हजार दुई सय घर पर्छन् ।

२० वर्षअघि कोसी पूर्व महेन्द्रनगर र प्रकाशपुरतिर लागेपछि बस्ती घना भएको श्रीलंका टापुका बासिन्दा तरकारी खेती र पशुपालन गर्ने गर्दछन् । टापुमा विद्युत, टेलिफोन, स्वास्थ्य चौकी र प्रहरी चौकीसमेत स्थापना नगरिँदा यस्ता आपत्कालीन समयमा उनीहरूलाई सहयोग गर्ने निकाय नै नरहेको हो ।

तपाईको प्रतिक्रिया