Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडौं – आपसी सहमतिबाट मिर्गाैला साटासाट गरी प्रत्यारोपण गरिएका बिरामीको स्वास्थ्यस्थिति हाल राम्रो भएको नेपाल मानवअङ्ग प्रत्यारोपण केन्द्रले जनाएको छ ।नेपालमा नै पहिलो पटक भक्तपुरस्थित मानवअङ्ग प्रत्यारोपण केन्द्रमा यही साउन १२ गते दुई परिवार बीचको आपसी सहमतिबाट मिर्गाैला साटासाट गरी प्रत्यारोपण गरिएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ताप्लेजुङ जिल्ला फूलबारीका ४९ वर्षीय खेमराज निरौलाले गोर्खा जिल्ला मनकामनाका ५२ वर्षीया माया थापाबाट र गोर्खा मनकामनाकै ४० वर्षीय विष्णुबाबु श्रेष्ठले ताप्लेजुङ जिल्ला फूलबारीका ४५ वर्षीय मात्रिकादेवी चापागाईंसित मिर्र्गौला प्राप्त गरेका थिए ।

mirgaula

प्रत्यारोपणका लागि एकै परिवारका सदस्यमध्ये अङ्गदाता र ग्रहणकर्ताबीच मेल (म्याच) नभएमा दुई परिवारका बीचमा आपसी सहमतिद्वारा अङ्ग साटासाट गर्न सकिने प्रावधान रहिआएको छ । मिर्गौला रोगी खेमराज निरौलाको रक्त समूह ‘ए’ र उनकी श्रीमती मात्रिकादेवी चापागाइँको रक्त समूह ‘बी’ रहेको थियो भने माया थापाको रगत समूह ‘ए’ र उनका भाइ मिर्गाैला रोगी विष्णुबाबु श्रेष्ठको रगत समूह ‘बी’ रहेको थियो ।

केन्द्रका कार्यकारी निर्देशक एवम् वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा पुकार श्रेष्ठले प्रत्यारोपित ती दुवै बिरामीको हाल स्वास्थ्यस्थिति राम्रो भएको जानकारी दिनुभयो । उहाँकै नेतृत्वमा ती प्रत्यारोपण एकैसाथ सम्पन्न भएका थिए ।

कार्यकारी निर्देशक डा श्रेष्ठसहित सो प्रत्यारोपण समूहमा वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा कल्पना श्रेष्ठ, सिनियर कन्सल्टेन्ट सर्जन प्रा डा राकेश वर्मा, मुटुका शल्यचिकित्सक डा मोहन देव भण्डारी र डा सम्पूर्ण तुलाधर, डा प्रेम वैद्य तथा ऐनेस्थेसिया विभागका डा महालक्ष्मी देउजा र डा किरण अधिकारी, सर्जन डा वीरेन्द्र यादव, डा प्रविण जोशी, डा नारायण भुसाल, नेफ्रोलोजिस्ट डा लुसनसिंह, डा सन्तोष गुरुङ र डा सागर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । हाल केन्द्रमा वार्षिक रुपमा एक सयजना भन्दा बढीको मिर्गाैला प्रत्यारोपण हुने गर्दछ ।

तपाईको प्रतिक्रिया