Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौं, साउन ६ – नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठलाईस्पेशल अवार्डबाट सम्मान गरिएको छ । खेलकुद पत्रकार मञ्चले बिहीबार प्रज्ञा भवनमा आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड समारोहमा श्रेष्ठलाई मरणोपरान्त स्पेशल अवार्डबाट सम्मान गरिएको हो ।

Lalit Krishna Shrestha

२०५२ सालमा एन्फामा सदस्यका रुपमा प्रवेश गरेयता श्रेष्ठ निरन्तर विभिन्न पदमा रहेर नेपाली फुटबलको विकासमा सक्रिय रहेका थिए ।

उनले राष्ट्रिय टोलीको व्यवस्थापक, टिम लिडर, एन्फा एकेडेमीको प्रमुख, विभिन्न प्रतियोगिताको संयोजक, एन्फाको सहसचिव, प्रवक्ता, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हँदै कार्यवाहक अध्यक्ष भएर काम गरेका थिए । उनको कार्यवाहक अध्यक्ष भएका बेला नै एकवर्षअघि करेन्ट लागेर निधन भएको थियो ।

साढे तीन दशक नेपाली फुटबलको सेवा गरेवापत श्रेष्ठलाई एसियाली फुटबल महासंघ एएफसीले स्वर्ण सेवा पदकबाट सम्मानित गरेको थियो ।

तपाईको प्रतिक्रिया