Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

टोकियो–जापानको संसदको माथिल्लो सदनको आधा सीटका लागि भएको चुनावमा प्रधानमन्त्री शिन्जो आबेको लिबरल डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेको छ ।

यो जितसंगै प्रधानमन्त्री आबेसँग अब संविधान संशोधनका लागि प्रस्ताव गर्ने विकल्प खुलेको छ ।माथिल्लो सदनको २ सय ४२ सीट मध्ये १ सय २१ सीटका लागि मतदान भएको हो । सदनको बाँकी आधा सीटमा सत्तारुढ गठबन्धनको पहिल्यै ७७ सीट छ ।

japan

चीनको बढ्दो शक्तिलाई ध्यान दिंदै प्रधानन्त्री आबे आफ्ना सेनालाई बढी सक्रिय बनाउने भूमिकाको खोजीमा छन् ।जापानको संविधानले विदेशी भूमिमा सेना पठाउन रोक लगाएको छ ।

७० वर्ष पहिले दोस्रो विश्व युद्धमा पराजित भएको जापानमा अमेरिकाले शान्तिवादी नाम दिइएको संविधान बनाइदिइएको थियो ।

तपाईको प्रतिक्रिया